Logo
Logo

मुलुकको समग्र विकासमा ७० वर्षदेखि चेम्बरले खेल्दै आएको भूमिकाबारे चर्चा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारणसभा तथा पदस्थापन समारोह कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेशकाजी श्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले विगत ७० वर्षदेखि खेल्दै आएको भूमिकाको चर्चा गर्नुभयो । उहाँले मुलुक अब संघीयतामा गए सँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवशायको विकास र नीतिगत वहश पैरवी , व्यापार प्रदर्शनीमा सहभागिता आदिमा संलग्न रहनु परेको भएकाले समेत जिल्ला र प्रदेश स्तरमा समेत जिल्ला चेम्बर अफ कमर्सको विस्तार गरिएको बताउनुभयो । यो व्यवस्थाले स्थानीय, जिल्ला र प्रदेश स्तरमा समेत निर्णय प्रकृया सरल, प्रभावकारी र व्यवहारीक हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सो अवसरमा विशेष अतिथी संविधान सभा सदस्य कृष्ण पौेडेलले नवलपुर चेम्बरले यस क्षेत्रका उद्यमी÷व्यवसायीको समस्या समाधान गर्ने संस्थाको रुपमा कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । चेम्बर प्रदेश अध्यक्ष यदुनाथ अधिकारीले जिल्ला चेम्बरहरुले समेत अन्तराष्ट्रिय मेला प्रदर्शनीमा सहभागि हुृने अवसर प्राप्त भएमा स्थानीय वस्तुले बजार पाई व्यापार घाटा कम हुन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

सोही अवसरमा चितवन चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले नवलपुर चेम्बरले खेलेको भूमिकाको सहहना गर्दै आगमी दिनमा चूनौतीलाई अवसरको रुपमा लिइ अगाडी बढ्न चेम्बर सक्षम हुने अपेक्षा रहेको बताउनुभयो । नवलपुर चेम्बर अफ कमर्सका अध्यक्ष दीपक भण्डारीको अध्यक्षतामा सम्पन्न सो सभामा सरकारी निकायका प्रतिनिधीहरु, प्रदेश चेम्बरका पदाधिकारीहरु, उद्यमी/व्यवसायीहरुको, उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्