Logo
Logo

‘कोरोना संक्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगरौँ’


693
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकाले सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरिएको बताए ।

‘कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउँछ । सुर्र्तीजन्य पदार्थको सेवन गर्नेको फोक्सो पहिले नै समस्या भइसकेको हुन्छ’, उनले भने, ‘त्यसैले कोरोना भाइरसबाट बच्नका लागि सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।’

धूम्रपानले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणाले बढाउने मन्त्रालयले जनाएको छ । सुर्र्तीजन्य पदार्थको सेवनले शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई असर गर्ने र त्यसले सङ्क्रमण हुने सम्भावना बढाउने मन्त्रालयले जनाएको छ ।

सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औँलाले छुनुपर्ने हुँदा कोरोना सङ्क्रमण सजिलै सर्ने सम्भावना बढी हुने सहप्रवक्ता डा अधिकारीले बताए । ‘सुर्तीजन्य पदार्थ एकापसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्न सम्भावना बढी हुन्छ’, उनले जारी गर्नुभएको सूचनामा भनिएको छ, ‘एउटै हुक्का, चिलिम प्रयोग गरी पालैपालो सेवन गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिन सक्दछ ।’

प्रतिक्रिया दिनुहोस्