Logo
Logo

अर्को गठबन्धन बन्ने सम्भावना छैन : रमेश लेखक



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनमा प्रतिकूलता उत्पन्न हुने परिस्थिति नरहेको बताएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बोली र व्यवहारकै कारण अहिले तत्कालै गठबन्धन टुट्ने वा अर्को गठबन्धन बन्ने भन्ने अवस्था नरहेको उनले बताए ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेता लेखकले बैठकमा नेताहरूको बोलीबारेसमेत छलफल भएको जानकारी दिए ।

उनले भने, ‘माधवजीले जे बोल्नुभयो, बैठकमा त्यसबारे पनि छलफल भयो । उहाँबाट स्पष्टता पनि भयो । अहिले गठबन्धनमा सरकारसँग प्रस्ट बहुमत छ । अहिले यो गठबन्धन भत्किने वा अर्को गठबन्धन बन्ने सम्भावना छैन ।’ सरकारलाई पूर्णता दिने र सरकार बाहिर रहेका दलहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा बैठकमा छलफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्