Logo
Logo

बजेट र सिद्धान्तमा एकरूपता ल्याउन आधारपत्र तयार गर्ने सहमति



काठमाडौं । सत्तागठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरूपता ल्याउन आधारपत्र तयार गर्ने सहमति भएको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तागठबन्धनको बैठकमा उक्त सहमति भएको छ । बजेट र सिद्धान्तमा एकरूपता ल्याउन सरकारले आधारपत्र गर्ने र त्यसमाथि गठबन्धनबीच छलफल गरेर अन्तिम रूप दिने सहमति भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले सरकारको सिद्धान्त र नीति तथा कार्यक्रममा एकरूपता ल्याउनका लागि सरकारले आधारपत्र तयार गर्ने र सरकारमा रहेका सबै दलहरूको धारणा समावेश गरेर परिमार्जन गर्ने बताए । 

उनले आर्थिक प्रतिकुलतामा अवस्थामा जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर बजेट निर्माण गर्ने तयारी भएको पनि जानकारी दिए । 

उनले गठबन्धन दलका नेताहरूले बाहिर जस्तो अभिव्यक्ति दिएपनि सरकारसँग भएको बहुमतमा कुनै तलमाथि हुने सम्भावना नरहेको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्