Logo
Logo

नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार



काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीलाई बिहीबार (भोलि) शपथ गराइने भएको छ । बुधबार नेपाली कांग्रेसबाट नियुक्त तीन जना मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ गराइने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार बिहीबार ३ बजे शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार कांग्रेसका धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन् । यससँगै कांग्रेको कोटामा परेको ८ मन्त्रीले पूर्णता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्