
काठमाडौं । बुटवलबाट पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेश गरिने भएको छ ।
सन्दीप पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् । उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।
उनीमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ । त्यस्तै तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि प्रक्राउ परेका छन् ।











