Logo
Logo

एक वर्षमै चार अर्थसचिव फेरिए


1.5k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आउनै लाग्दा अर्थ सचिव परिवर्तन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तोयाम रायलाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले हालका अर्थसचिव रायलाई उपराष्ट्रपति कार्यालयमा पठाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत पोखरेललाई अर्थ मन्त्रालयमा ल्याउने निर्णय गरेको हो ।

मुलुकको अर्थतन्त्र लगातार संकटतीर गइरहेका बेला अर्थसचिव फेरिनेक्रम रोकिएको छैन् । एक वर्षमै ४ जना अर्थसचिव परिवर्तन भइसकेका छन् । यसअघि मधु मरासिनी, शिशिरकुमार ढुंगाना र कृष्णहरि पुष्कर अर्थसचिवका रुपमा मन्त्रालय भित्रिसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्