Logo
Logo

शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, अनुसन्धानमा सहयोग गर्छु : प्रतीक थापा


4k
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

उक्त प्रकरणमा बुधबार पक्राउ पुर्जी जारी भएपछि बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै थापाले आफ्नो कुनै संलग्नता नरहेको र झुटो आरोप लगाइएको भन्दै अनुसन्धानमा प्रहरीलाई सघाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दुछु । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले लामो समयदेखि केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ आफुविरुद्ध तथ्यहीन प्रचार गरिरहेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्