
काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालको तर्फबाट सहभागिता जनाउन परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् ।
बिहान ११ बजेको उडानमार्फत उनी श्रीमती ज्योत्सना र स्वकिय सचिव दीपककुमार जोशीका साथ बेलायत प्रस्थान गरेका हुन् ।
राज्याभिषेकमा सहभागी भई २६ वैशाखमा साउद काठमाडौं फर्किने स्वकिय सचिव जोशीले जानकारी दिए ।
चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम थियो। तर राष्ट्रपति पौडेलको स्वास्थ्य प्रतिकूलताका कारण साउदले सहभागिता जनाउन लागेका हुन् ।
वैशाख २३ गते (मे ६ तारिख) मा बेलायती राजा चार्ल्स तृतीयको बकिङ्घम दरबारमा राज्याभिषेक कार्यक्रममा तय भएको छ ।











