काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् ।
बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् ।

धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त भएका थिए । उनीहरूलाई आज शपथ गराइएको हो ।
मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री छन् ।











