काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा दुई सचिव नियुक्त गरेका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा बिहीबार प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रियसभा सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरिएको हो ।

सभामुख र अध्यक्षको सिफारिसअनुसार राष्ट्रपति पौडेलले पाण्डेय र अर्याललाई नियुक्त गरेका हुन् । दुवै जनाकाे नियुक्त पत्र संघीय संसद् सचिवालयलाई प्राप्त भएको महासचिव भारतराज गौतमले बताए ।
पाण्डेय र अर्याललाई यही वैशाख १७ गते नियुक्ति सिफारिस गरिएको थियो । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलको कार्यकाल १५ वैशाखमा सकिएको थियो । दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्ति लागि कार्यवाहक राष्ट्रपति यादवसमक्ष सिफारिस गरेका थिए ।











