काठमाडौं । नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै उनले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको बताए ।
हिजो बुधबार मन्त्री नियुक्त भएका गुरुङले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु ।’
मन्त्री गुरुङले आफूले सुशासनलाई प्राथमिकता दिएर काम गर्ने बताए । उनले बिहीबार शपथ लिए लगत्तै मन्त्रालयमा गएर पदभार ग्रहण गरेको हुन् ।











