Logo
Logo

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा सुदेश खालिङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र संचालकमा सुदेश खालिङ नियुक्त भएका छन् । शुक्रबार सम्पन्न बैंकको ३२०औँ सञ्चालक समिति बैठकले उनलाई बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
अवनिन्द्रकुमार श्रेष्ठको पदावधि सकिएपछि बैंकको स्वतन्त्र सञ्चालकको पदमा खालिङलाई नियुक्त गरिएको बैकले जनाएको छ । शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहेर कार्य कुशलता प्रदर्शन गरिसकेका छन् ।
वाणिज्य बैंकमा सहायकबाट बैंकिङ पेशा सुरु गरेका खालिङसँग बैंकिंङ क्षेत्रमा करिब तीन दशक लामो अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्