Logo
Logo

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक


1.4k
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमालेले केन्द्रय समिति बैठका एजेण्डा तय गर्न बैशाख २६ गते सचिवालय बैठक बोलाएको हो ।

एमालेको केन्द्रीय समिति बैठक वैशाख २९ देखि ३१ सम्म हुने झापामा बस्ने भएको छ । उक्त बैठकमा हुने छलफलका एजेण्डा तय गर्न सचिवालय बैठक बोलाएको एमाले प्रचार प्रसार विभाग प्रंमुख विष्णु रिमालले बातए ।

सचिवालय बैठक वैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।

एमालेले पार्टी सुदृढीकरण अभियान अन्तर्गत दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सम्पन्न गरेको छ । फागुन ६ गतेदेखि सुरु भएको उक्त अभियान वैशाख ६ मा सकेर प्रदेशस्तरीय समीक्षा समेत गरिसकेको छ ।

केन्द्रीय कमिटी बैठकमा ग्रासरुट अभियानको समग्र समीक्षासहित नेताहरूको जिम्मेवारी समेत हेरफेरको निर्णय हुनसक्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्