
काठमाडौं । संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामाना बोकेर गएर हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा मानवीय क्षति भए या नभएको बारे विवरण आउन बाँकी छ । हेलिकप्टरमा चालकसहित ४ जना रहेका छन् । उद्धारका लागि प्रहरी र सेना त्यसतर्फ प्रस्थात गरेको बताइएको छ ।
हेलिकप्टरले माटो, ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताएका छन् ।











