Logo
Logo

‘कोशी’ नाम खारेजीको माग गर्दै किरात समुदायले मनाए उभौली (फोटोफिचर)


1.7k
Shares

काठमाडौं । किरात समुदायले शुक्रबार उभौली पर्व मनाएका छन् । भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व देशभर किरात समुदायले मनाएका हुन् । यस वर्ष किरात समदायले प्रदेश १ को नामांकनको विरोध गर्दै सडकमा उभौली पर्व मनाए । यसैक्रममा शुक्रबार किरात समुदायले नयाँ वानेश्वरस्थित संघीय संसद भवन अगाडि सडकमा प्रदेश १ को ‘कोशी प्रदेश’ खारेजीको माग गर्दै उभौली पर्व मनाएका हुन् ।

बाली लगाउनुअघि प्रकृतिको पूजा आराधना गरिने परम्परा किरात समुदायमा वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर उँभो लाग्ने विश्वास छ ।

उपत्यकामा बसोबास गर्दै आएका किरात सुमदायले उभौलीको अवसरमा शुक्रबार काठमाडौंमा भने कोशी नामको विरोध गरिएकाे छ । प्रदेशसभाले प्रदेश १ को नाम फागुन १७ गते कोशी राखेपछि पहिचान पक्षधरले विरोध गर्दै आएको छ ।
पहिचान पक्षधरले प्रदेशको नाम कोशी खारेज गर, ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामांकन गर्न माग गर्दै आएका छन् ।

किरात याक्थुङ चुम्लुङ ललितपुर, फक्ताङलुङ साँस्कृतिक मञ्च, याक्थुङ युवा मञ्चलगायतले उभौलीको अवसरमा शुक्रबार बानेश्वरमा कोशी नाम खारेजीको मागसहित प्रदर्शन गर्दै नाचगान गरेका छन् । पूर्वमा विभिन्न जिल्लामा पनि कोशी नाम खारेज गर्न माग गर्दै किरात समुदायले आज उभौली पर्व मनाइरहेका छन् ।

तस्बिर : नवीन राई/दृष्टिन्युज

प्रतिक्रिया दिनुहोस्