Logo
Logo

झापाबाट ७६ ग्राम ब्राउन सुगरसहित २ युवती पक्राउ


0
Shares

झापा । प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ जना युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १ घर भई हाल झापाको मेचीनगर बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेका छन् ।

झापा भद्रपुर नगरपालिका–८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीमाथि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली नागरिकता र मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्