काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसापा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बैशाख २७ गते बुधबार बस्ने भएको छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको जसपाले जनाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने बताइएको छ ।












