
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार
मा साँझ ५ बजे बस्न लागेको हो ।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल हुने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । गठबन्धन दलहरु जेठ १५ गते बजेट आउनुअघि सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको प्राथमिकताबारे छलफलमा केन्द्रीत भएका हुन् ।
केही दिनअघि गठबन्धनको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रारम्भिक छलफल गरेको थियो। संघीय संसदको बजेट अधिवेशन भोलि सुरु हुँदै छ।











