Logo
Logo

नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : पूर्वगृहमन्त्री खाण


1.3k
Shares

काठमाडौं । पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थीलाई बनाएर विदेश पठाउने प्रकरणमा आफ्नो संलग्न नभएको बताएका छन्। उनले आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै आफ्नो यस ठगी प्रकरणमा संलग्नता नभएको जानकारी दिएका हुन् ।

उनले उक्त ठगी प्रकरणमा आफ्नो संलग्नता रहेको भन्दे आधारहिन समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने भन्दै तथ्यहीन समाचार संप्रसन नगर्न पत्रकारहरुलाई अनुरोध गरेका छन् ।

‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रहरीले यस ठगी प्रकरणको अनुसन्धानको क्रममा पुर्वगृहचिव टेकनारायण पाण्डेसहित ९ जनालाई पक्राउ गरिसकेको छ।

उनी गृहसचिव हुँदा खाण गृहमन्त्री थिए । प्रहरीले अर्का पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि पक्राउ गरेको छ।

यस्तै नेकपा एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझी लगायतविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्