Logo
Logo
नक्कली शरणार्थी प्रकरण

‘भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन’


1.3k
Shares

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै ठगी कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन दबाब दिँदै काठमाडौंको माइतीघरमा युवाले प्रदर्शन गरेका छन् । शनिबार दिउँसो ‘हाम्रो टिम नेपाल’ र ‘हन्ड्रेड ग्रुप’ नामक युवाहरुको संस्थाले दबाबमूलक प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीले ‘भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन’, ‘गृहमन्त्री काजीदाई, ठिक पार भ्रष्टाचारीलाई’, ‘प्रचण्ड सरकार भ्रष्टाचारीलाई कारबाही गर’, ‘प्रहरीलाई अनुसन्धान गर्न देऊ’जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च पदस्त अधिकारीहरु मुछिएका छन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने केहीलाई पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जी जारी गरिएपछि पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । उनलाई खोजीरहेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले शनिबार सोही प्रकरणमा थप तीन जनालाई पक्राउ पुर्जी जारी छ । हालसम्म प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्