काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भर्खरै सुरु भएको हो । बैठकमा अधिवक्ताहरु पनि सहभागी रहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल हुनेछ ।
गठबन्धन दलहरू जेठ १५ गते बजेट आउनुअघि सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको प्राथमिकताबारे छलफलमा केन्द्रित छन् ।
यस्तै, बैठकमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्तापछिको परिस्थिति, भोलिबाट सुरू हुने बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ ।











