Logo
Logo

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइन्छ : स्वास्थ्यमन्त्री


630
Shares

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्ग्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन् । कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले शनिबार सिन्धुपाल्चोकको सुनकोशीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै स्वास्थबीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका हुन् ।

उनले स्वास्थ बीमा रकम केही घटेको भन्दै आगामी बजेटमा यसलाई बढाउन पहल गर्ने बताए । मन्त्री बस्नेतले देशभरका अस्पताको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न ध्यान केन्द्रीत गर्ने जिकिर गर्नुभयो । उहाले यसै बर्षदेखि मुलुकमा मल स्थापना गर्नका लागि पनि आवश्यक बजेट बिनियोजनका लागि पहल गर्ने बताए । उनले सबै मिलेर देशमा लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । कांग्रेस नेतासमेत रहेका बस्नेतले कांग्रेसलाई एक ढिक्का बनाएर मुलुकमा देखिएका चूनौति सामना गर्न तयार हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्