Logo
Logo
सत्तारुढ शीर्ष नेताको निष्कर्ष

‘प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनु पर्दैन’


3.8k
Shares

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुनपर्ने बताए ।

यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिँदा रास्वपाले विश्वासको मत दिएको तर, सरकारमा सहभागी नभएकाले पुनः विश्वासको मत लिनुनपर्ने बैठकमा नेताहरुले जोड दिएको उनको भनाई छ ।

बैठकमा प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारेमा पनि छलफल भएको हो ।

त्यस्तै, जनतामा निराशा देखिएकाले कस्ता योजना समेट्ने भन्ने विषयमा पनि छलफल भएको छ । बैठकमा संसदमा प्रस्तुत गरिने आउँदो वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको छ ।

माओवादी सचेतक पाण्डेका अनसार संसद् बैठकलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा पनि छलफल भएको हो । निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा समेत छलफल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्