Logo
Logo

सिम्रिक एअरका ३ वटै हेलिकोप्टर ग्राउन्ड्रेड


1.9k
Shares

काठमाडौं । सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो ।

सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीनवटा हेलिकोप्टरलाई ग्राउन्डेड गराईएको हो । पछिल्लो एक महिनाको अवधिमा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउन्डेड गराएको जनाएको छ ।

अब ती हेलिकोप्टर माथी सुरक्षा जाँच गरिने छ । संखुवासभाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा 9NAJZ  हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्