Logo
Logo

मनास्लु पदमार्ग पार गर्ने क्रममा भरियाको मृत्यु


819
Shares

गोरखा । लार्केपास गर्ने क्रममा विदेशी पर्यटकसँग गएका भरियाको ज्यान गएको छ।

मनास्लु पदमार्ग हुँदै लार्केपास गरी मनाङतर्फ निस्कने क्रममा अत्याधिक हिमपातका कारण बिरामी परेका भरिया प्रकास दवाडीको ज्यान गएको हो ।

नीलकण्ठ नगरपालिका–११ धादिङका २० वर्षीय दवाडी यही वैशाख १८ गते ज्यान गएको प्रहरीले जनाएको छ। बहराल एडभेन्चर प्रालिबाट पोर्टरका रूपमा लार्के पास गर्न गएका दवाडीको शनिबार मृत्यु भएको डीएसपी लिलाराज लामिछानेले बताए।

५००६ मिटर उचाइ रहेको सो ठाउँमा बिरामी परेका उनी भारी हिमपात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। सबै यात्रुबाट एक्लिएका उनको शव शनिबार लार्के भन्ज्याङ नजिकै भेटिएको डीएसपी लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्