Logo
Logo

भुजेल समाजको सातौं महाधिवेशन सम्पन्न, खेमको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन


13k
Shares

काठमाडौं । भुजेल समाज सेवा केन्द्रिय समितिको सातौं महाधिवेशन सम्पन्न भएको छ । शनिबार राति सम्पन्न महाधिवेशनले खेमराज भुजेलको नेतृत्वमा ३१ नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल र उपाध्यक्षहरू क्रमश: कमल बहादुर भुजेल, केशर बहादुर खवास, बिमल जिसी, माया भुजेल, राम गोपाल भुजेल र कुल बहादुर भुजेल चयन भएका छन् ।

त्यस्तै महासचिव हिलारि बन्धु भुजेल चयन चएका छन् । यता सचिवहरुमा क्रमश: कला भुजेल, पुष्पकला भुजेल, दुर्गा भुजेल, तिर्सन घर्ती, भिम भुजेल, कृष्णबहादुर भुजेल, गंगा बहादुर भुजेल, कोषाध्यक्ष बिल बहादुर भुजेल, सहकोषाध्यक्ष तिर्थ कुमार भुजेल चयन भएका छन् ।

सदस्यहरु क्रमश: भुपाल खवास, सुभद्रा भुजेल, डिल बहादुर भुजेल, मन बहादुर भुजेल, सागर खवास, दिल बहादुर भुजेल, भेष बहादुर भुजेल, बिष्णु बहादुर भुजेल, सुरेन्द्र राज भुजेल, राम बहादुर भुजेल, तुलसी बहादुर भुजेल, ज्ञान बहादु भुजेल र हरिदेवी भुजेल चयन भएका छन् ।

४५ सदस्यीय कार्यसमितिमा सल्लाहकारसहित एक उपाध्यक्ष र बाँकी सदस्यहरू नयाँ कार्यसमितिको आगामी बैठकले टुंगो लगाउने छ । दुई दिनसम्म चलेको महाधिवेशन समाजका अध्यक्ष लोकबहादुर भुजेलकाे अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, विशेष अतिथि बागमती प्रदेश सांसद शुष्मा भुजेल, आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जेन शेर्पा, आयोजक कमिटी, अतिथिहरु, प्रत्रकार, निर्वाचन मण्डल, देशभरका प्रतिनिधि/प्रर्यवेक्षकलगायत विभिन्न संघ संस्था तथा राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्