
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकबारे कानुनविदसँग छलफल गर्ने भएका छन् ।
यसअघि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले केहि बुँदा संशोधन गर्नुपर्ने भन्दै प्रमाणीकरण नगरेर संसदमै फिर्ता पठाएका थिए । सोहि विधेयकको कानुनी हैसियत के भन्नेबारे चाुसो राख्दै राष्ट्रपति पौडेलले कानुनविद्सँग छलफल गर्न लागेका हुन् ।
त्यसका लागि उनले कानुनविदहरुलाई आजइतबार दिउँसो शीतल निवास बोलाएका छन् । दिउँसो १ बजेदेखि छलफल सुरु हुने शीतल निवास स्रोतले जानकारी दियो ।
शनिबार बसेको सत्ता गठबन्धनको बैठकले तत्कालीन भण्डारीले रोकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपतिले आज परामर्श थालेका हुन् ।











