
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज आइतबारबाट सुरु हुने बजेट अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने गरी दलको बैठक बोलाइएको जानकारी दिए ।
संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुने उनले बताए । यसबेला नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।











