
काठमाडौं । संघीय संसदअन्र्तगत प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले सांसदहरुका लागि इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो ।
यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । अब भने यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गरिने समितिले जानकारी दिएको छ । त्यस्तै बैठकले सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत सोही दिन सार्वजनिक गरिने पनि निर्णय भएको छ ।
सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित/अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुख देवराज घिमिरेले बताए ।











