Logo
Logo
नक्कली शरणार्थी प्रकरण

छानविनमा सरकारले हस्तक्षेप नगरोस् : ओली


1.8k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो दिन आइतबार बसेको बैठकबाट बाहिरिनेक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफ्नो धारणा राख्दै प्रहरीले गरिरहेको छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘मैले कडाइका साथ कारबाही गर्नुस् जो दोषी छन्, उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ सरकारले कारबाही गरोस् । प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने यस्तो उस्तो नगरोस भनेको छु ।’ उनले निष्पक्ष ढंगले जो दोषी छन, तिनीह?लाई कारबाही हुनुपर्ने बताउँदै भने, ‘निदौषलाई फसाउने प्रयास नगरिओस्, त्यो कुरा मैले उहाँ (प्रधानमन्त्री)लाई भने । हामी भ्रष्टाचार कसैले कुनै ?पमा गरोस्, त्यसलाई सहँदैनौँ ।’

अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्र्जी जारी भएका पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको समेत बताए । ‘हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो नि’ उनले भने ।
एमाले सचिव रायमाझी अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका छन् ।

प्रहरीले खोजी जारी राखेको बताउँदै आएपनि रायमाझीलाई पक्राउ गर्न सकेको छैन । रायमाझीलाई संरक्षण गरेको समेत अध्यक्ष ओलीमाथि आरोप लाग्न थालेको छ । तर, यसैबेला ओली दोषीमाथि कडा कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको र रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्