काठमाडौँ, ८ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेपछि नयाँ तथा पुराना मन्त्रीहरुलाई सपरिवारलाई रात्रीभोज आयोजना गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार बेलुका बालुवाटारमा मन्त्रीहरुलाई भोज दिएका हुन् ।

भोजमा समाजवादी पार्टीका मन्त्रीबाहेक प्रायः सबै मन्त्री गएका थिए । प्रधानमन्त्री ओलीले गएको बुधबार बेलुका मन्त्रीपरिषदमा हेरफेर गरेका थिए ।
मन्त्रिपरिषद्मा घनिष्ठताका लागि प्रधानमन्त्रीले पारिवारिक रुपमा पनि भेटघाट गर्नका लागि बोलाएको बालुवाटारले जनाएको छ । रात्रीभोज अनौपचारिक भेटघाट रहेको जनाइएको छ । हटाइएका मन्त्रीहरुले आफुरुहले प्रधानमन्त्रीलाई भेट्न समेत नपाउने गरेको बताएका थिए ।












