Logo
Logo

भैरहवाबाट काठमाडौं उडेको श्रीको जहाज बीच बाटोबाटै फर्कियो


945
Shares

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ ।

बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको एसएचए ८२२ नम्बरको ७२ सिटे जहाज करिब २० मिनेटमा नै भैरहवा फर्किएको हो ।

विमानमा केही प्राविधिक समस्या देखिएपछि पुनः गौतवुद्ध विमानस्थलमा नै अवतरण गरिएको श्री एयरका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

प्राविधिक समस्या आएको बताइएपनि भएको के हो भन्नेबारे यकिन भइनसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्