
काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद बैठकमै कपडा खोलेका छन् । सोमबार प्रतिनिधिसभाकाे जारी बैठकमा आफूलाई बोल्न समय नदिएको भन्दै उनले कपडा खोलेर विरोध जनाएका हुन् ।
सांसद् सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका थिए । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका हुन् ।
सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए ।
उनले कपडा खोलेपछि सभामुख घिमिरेले पटकपटक उनलाई सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए । ‘माननीय अमरेस कुमार सिंह, कृपया प्रतिनिधिसभाको सम्मान गर्नुस्। अन्यथा नियमावलीअनुसार कारबाही गर्छु’, सभामुखले चेतावनी भाषामा भने।











