
काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले स्रोतमा आएको संकुचनका कारण सरकारलाई हौसिएर बजेट बनाउने छुट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा प्रि बजेटका बारे छलफल गर्दै सांसद कार्कीले यस्तो बताएका हुन् ।
उनले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार नहुने भन्दै आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताए ।
‘सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुँदैन । आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित रहनुपर्छ,’ उनले भने, ’स्रोतमा आएको संकुचनका कारण सरकारलाई हौसिएर बजेट बनाउने सुविधा छैन । अहिलेको अवस्थामा पपुलिस्ट होइन । यथार्थपरक बजेट मुलुकलाई आवश्यकता छ ।’











