Logo
Logo

देउवालाई बाँस्कोटाको काउन्टरः नाकाबन्दीमा म्याउँ गर्न नसक्ने र अहिले ढाडे बिरोलो बन्ने ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ मंसिर ।
सीमाको विषयमा कांग्रेस सभापति शेरहादुर देउवाको अभिव्यक्ति विवादमा परेको छ । उनले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । सरकारका प्रवक्ता, सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशभक्ति, राष्ट्रियताका पक्षमा सरकारको बोली नलर्बने भन्दै देउवालाई काउन्टर दिएका छन् ।


‘श्रीमान् शेरबहादुर देउवाजीलाई स्रपष्ट भन्न चाहन्छु, हाम्रो बोली लर्ब्रिन्न,’ आइतबार पोखरामा पत्रकारहरूसँगको कुराकानीमा बाँस्कोटाले भने, ‘नाकाबन्दीका बेला एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले ठूल्ठूलो ढाडे बनेर चुनाव आयो भन्दैमा कुर्लेर हुन्छ?’

देउवाले त्यस्तो अभिव्यक्ति दिएको आफूलाई विश्वास नलागेको पनि उनले बताए। ‘प्रमुख प्रतिपक्षी दलजस्तो जिम्मेवार दलका नेताले त्यस्तो आरोप लगाउनुभयो भन्ने मलाई पटक्कै विश्वास छैन,’ उनले भने, ‘यदी आरोप नै लगाउनुभएको हो भने गम्भीर प्रश्न उठ्छ। टनकपुर सन्धि हामीले बिर्सेका छैनौं।’

‘म बुझ्छु उहाँले किन पोखरामा आएर यस्तो आरोप लगाउनुभयो। किनभने यहाँ १४ गते चुनाव छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले बोलाएको सर्वदलिय बैठकमा उहाँ (देउवा) ले खासै विमती राख्नुभएको थिएन। अनि अहिले कहाँबाट यस्तो आरोप लगाउनुभयो?’

देउवाको सो भनाईको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जति निन्दा गरेपनि कम हुने भनेर टिप्पणी गरेका छन् । कांग्रेस नेताहरुले समेत देउवाको सो अभिव्यक्तिको आलोचना गरेका छन् ।
उप निर्वाचनको मुखमा उग्र राष्ट्रवादी देखिने देउवाले त्यस्तो अभिव्यक्ति दिएको टिप्पणी गरिएको छ । जून कांग्रेसकै लागि प्रत्युपादक हुने देखिएको छ ।
पछिल्लो समय हरेक भाषणमा देउवाले सीमा विवादमा सरकारको चर्काे आलोचना गर्दै आएका छन् । जबकी ७५ वर्षअघिदेखि नै भारतले कालापानीमा सीमा मिचेको हाे। देउवा चार पटक प्रधानमन्त्री हुँदा यसबारे उनले केही पहल गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्