Logo
Logo

बलात्कार आरोपित हत्कडीसहित फरार


2.5k
Shares

काठमाडौं । कालीकोटमा बलात्कार आरोपित हत्कडीसहित फरार भएका छन् । जिल्लाको पलाँता गाउँपालिका ६ सैनामा जबर्जस्ती करणीका अभियुक्त पक्रन गएको प्रहरी टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि बलात्कार आरोपित हत्कडीसहित फरार भएका हुन् ।

सोमबार बिहान जबर्जस्ती करणीको आरोप लागेका सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पलाँतातर्फ लैजाने क्रममा स्थानीयले अवरोध गरेका ह्न ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार त्यस क्रममा झडप हुँदा इलाका प्रहरी कार्यालय (पलाँता) का सहायक प्रहरी नीरिक्षक लक्ष्मी ढुंगेल रावल र एक स्थानीय घाइते भएका छन् भने आरोपित बुढा फरार भएको हो ।

बलात्कार आरोपित बुढा हत्कडीसहित फरार भएका छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली त्यसतर्फ खटाइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलालाई जबर्जस्ती करणी गरेका थिए । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्