Logo
Logo

दार्चुला हिमपहिरोमा बेपत्ता थप एक जनाको शव फेला


441
Shares

काठमाडौं । दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

गत १९ गते व्यास गाउँपालिकामा गएको हिमपहिरोमा पुरिएकी एक महिलाको शव सोमबार फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

डोटी जोरायल गाउँपालिका–२ की २८ वर्षीया इश्वरी थापाको शव फेला परेको हो । सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरूबाट गएको टोलीले उक्त शव फेला पारेको हो । यसअघि अन्य तीन जनाको शव फेला परेको थियो।

उनीहरू यार्सागुम्बा टिप्न गएका थिए । हिमपहिरो आएपछि उनीहरू बेपत्ता भएका थिए । अझै एक जना महिला बेपत्ता छिन् । उनको पनि खोजी भइरहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्