Logo
Logo

नख्खु-भैँसेपाटी सडक स्थानीयद्वारा बन्द


882
Shares

काठमाडौं । ललितपुरको नख्खु-भैँसेपाटी सडक खण्ड समयमा नै निर्माण नभएको भन्दै स्थानीयहरुले सडक बन्द गरिदिएका छन् । नख्खु-भैँसेपाटी सडक खण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरुले सोमबार सडक बन्द गरिदिएका हुन् ।

स्थानीयहरुले सडक अवरुद्ध गरेपछि सवारी साधनहरु बैकल्पीक मार्गहुदै सञ्चालन भएका छन् । लामो समयदेखि सडक अलपत्र पार्दा धुवा धुलो र हिलोले स्थानीय बिरामी पर्न थालेको र सो सडक हुदै आवाजजावतमा समस्यमा भएकाले बाध्य भएर दवाव दिन सडक बन्द गर्नुपरेको उनीहरुको भनाइ छ ।

ललितपुर महानगरपालीका वडा नंवर १८ का वडाध्यक्ष दामोदर खड्काले लामो समयदेखि सडक नवनाउदा समस्या भोग्नुपरेको भन्दै बाध्य भएर सर्वसाधारहरु विरोधमा उत्रन बाध्य भएको बताए ।

पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी–बुङ्मती सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने भन्दै भत्काइएको सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्