Logo
Logo

प्रचण्ड र ओलीबीच आज पनि भेटवार्ता


4.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ ।

तस्विर फाईल

संवैधानिक परिषद्को बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएका छन् । यस प्रकरणबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच यसअघि नै दुई पटक भेटवार्ता भइसकेको छ ।

प्रचण्डले उक्त प्रकरणका दोषीलाई कारबाही गर्न आफू कसैको दबाबमा नपर्ने बताईसकेका छन् ।

एमाले अध्यक्ष ओलीले भने नक्कली शरणार्थी प्रकरणमा भ्रष्टहरुलाई जोगाउने र एमालेविरुद्ध नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्