
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) साँझ ५ बजे बैठक बोलाइएको हो ।
आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ । गठबन्धनको दुई दिनअघि बसेको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।














