
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछ । आज हुने तीनवटा खेल मध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ ।
जसअनुसार त्रिपुरेस्थित दशरथ रंगशालामा थ्रि स्टार र न्युरोड टिम बिच पहिलो प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेबाट सुुरु हुनेछ । रंगशालामा नै हुने अर्को खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा जावालाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
च्यासल खेल मैदानमा भने संकटा क्लब र सातदोवाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुने एन्फाले जनाएको छ ।











