
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।
आज बिहान देउवा र ओली प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका हुन् । यद्यपी, नेतात्रयबीचको भेटवार्ताको विषय भने सार्वजनिक गरिएको छैन ।
उनीहरूबीच राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयक, संसदीय सुनुवाइ समिति गठन, संवैधानिक परिषद्सम्बन्धी विधेयक, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेकाे बुझिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणले शीर्ष नेतृत्व दवावमा छ । आरोपी पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् भने पक्राउ परेकाहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि कांग्रेस सांसद आरजु राणा देउवा र मन्जु खाँडको नामसमेत जोडेपछि शीर्ष नेतृत्व दबाबमा छ । शीर्ष नेताहरुबीच यसै विषयमा छलफल हुने बुझीएको छ ।











