Logo
Logo

देशले यति धेरै जनप्रतिनिधि धान्न सक्दैन, प्रदेश खारेज गर्नुपर्छ : राजेन्द्र लिङ्देन


945
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्री सुधार हुन प्रदेश सरकार खारेज गर्नुपर्ने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलको क्रममा बोल्दै उनले देशले यति धेरै जनप्रतिनिधि धान्न नसक्ने भन्दै प्रदेश खारेज गर्नुपर्ने दाबी गरे ।

‘यति ठुलो जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म र प्रदेश खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठिक ठाउँमा आउँदैन । सबैभन्दा अनुत्पादक क्षेत्र यो हो । हामीले अब आँट गरौं हिजो कुनै सुविचारको साथ ल्यायौं होला। तर, आज यो ठिक भएन भन्ने हरेकको मनमा छ’, उनले भने ।

सरकारले बजेटका लागि प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताले अर्थतन्त्र सुधार नआउने उनले बताए । उनले देशको अर्थतन्त्र सुधारको लागि सरकारलाई आफूहरुले आवश्यक सहकार्य गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्