Logo
Logo

किरात राई विद्यार्थी संघको १०औँ राष्ट्रिय सम्मेलन सुरु 


3.1k
Shares

काठमाडौं । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको १०औं राष्ट्रिय सम्मेलन सुरु भएको छ । सो सम्मेलनको पूर्वमन्त्री गोपाल किरातीले उद्घाटन गरेका हुन् । 

मंगलबार काठमाडौंको एक बैङ्क्वेटमा उद्घाटन गरिएको तीनदिने सम्मेलनले नयाँ नेतृत्व चयन एवम् भावी कार्यदिशा तय गर्ने संघले जनाएको छ ।

संघको राष्ट्रिय सम्मेलनमा पूर्वी नेपालका १४ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रतिनिधि एवम् पर्यवेक्षकको उपस्थिति रहेको छ । 

सम्मेलन उद्घाटनअघि संघले कोटेश्वरस्थित किरात यायोक्खाको भवनमा मार्चपास गरेको थियो । संघले सँधै सांस्कृतिक झाँकीसहितको र्याली निकाल्ने गरेपनि यसपटक भने कोशी नामकरण खारेजको माग गर्दै मार्चपास गरेको संघका सदस्य सचिव रविन कुलुङ राईले जानकारी दिए ।

मार्चपासमा सहभागीहरूले ‘कोशी प्रदेश खारेज गर’, ‘प्रदेश–१ को नामकरण पहिचानसहित गर’, ‘पहिचानवादी एक हौँ’ जस्ता नारा लगाएका थिए । कोशी प्रदेश खारेज नगरेसम्म आन्दोलन जारी राख्ने सम्मेलनका संयोजक जितेन राईले बताए । 

प्रतिक्रिया दिनुहोस्