Logo
Logo

नेपाल र गौतमबीच पार्टी एकताबारे छलफल


2.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल ल गौतमबीच पार्टी एकताका सम्बन्धमा छलफल भएको छ ।

छलफलमा सहभागी समाजवादीका नेता जीवनराम श्रेष्ठले उनीहरुबीच पार्टी एकताका सम्बन्धमा छलफल भएको जानकारी दिए ।

छलफलमा समाजवादीका महासचिव घनश्याम भुषाल, उपमहासचिव एवम् केन्द्रीय कार्यालय सचिव डा‍. गंगालाल तुलाधर सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्