Logo
Logo

मन्त्रिपरिषद्को निर्णय- विदेशबाट आउँदा थप एउटा मोबाइल ल्याउन पाइने

एमडीएमएस प्रणाली लागू गरिने


2.3k
Shares

काठमाडौं । अब विदेशबाट आउँदा नेपालीहरुले साथमा थप एउटा मोबाईल ल्याउन पाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा बस्ने नेपालीहरुले स्वदेश आउँदा साथमा थप एउटा मोबाईल ल्याउन दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेक थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागु गर्ने निर्णय भएको जानकारी दिईन् ।

प्रवक्ता शर्माका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफूले प्रयोग गर्न थप एक मोबाइल ल्याउन झिटिगुन्टा नियमावली संशोधन गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी मोबाइल ल्याउन सहज हुनेगरी गृह कार्य गर्न सञ्चार र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा नियमावली संशोधन गरी विदेशबाट मोबाइल ल्याउन सहज बनाएको हो । साथै, सरकारले त्यसरी ल्याएको मोबाइल ‘मोबाइल भिभाइस म्यानेजमेन्ट सिस्टम’ (मएमडीएमस)मा समेत दर्ता हुने निर्णय छ ।

यस्तै, ढल्केवर वाणगंगा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको छ ।

इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीको लागि योजना आयोगको उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको पनि उनले जानकारी दिईन् ।

यस्तै, मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको छ । बैठकले नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव रेवतीरमण पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्