काठमाडौं, ८ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि धापासीस्थित ग्रान्डि अस्पताल पुगेका छन् । तीन पटक मिर्गाैलाको डायलसिस गरिसकेका ओली थप जाँचका लागि आइतबार अस्पताल पुगेका हुन् ।
१२ वर्षअघि प्रत्यारोपण गरिएको ओलीको मिर्गाेलामा पछिल्लो समय समस्या देखिएको छ । मिर्गाैला प्रत्यारोपनबारे समेत छलफल भइरहेको छ ।