काठमाडौं । सरकारले एकै पटक ४४ जना सहसचिवको सरूवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो ।

संघीय मामिला मन्त्रालयका अनुसार सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुराना सहसचिव रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमा कार्यररत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ । त्यस्तै, भरत खनाललाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरूवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमै कार्यरत सहसचिव कृष्णप्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरूवा गरिएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत प्रदेश सचिव ज्ञानेन्द्र प्रासद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत अर्का प्रदेश सचिव सुरेश न्यौपानेलाई कोशी प्रदेशकै नीति तथा योजना आयोगमा सरूवा गरिएको छ ।
सूची











