Logo
Logo

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई सघाउने एमाले बैठकको निर्णय


1.4k
Shares

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने प्रक्रियालाई सघाउने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार एमाले सचिव टोपबहादुर रायमाझीको नाम अनुसन्धानको सन्दर्भमा आएको भन्दै एमालेले पार्टीबाट कारबाही गर्न हतार नगर्ने निर्णय भएको छ ।

बैठकले वैशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि विभिन्न १० वटा एजेण्डा तयार गरेको गुरुङको भनाई छ ।

गुरुङले केन्द्रीय कमिटी बैठकमा राजनीतिक घटनाक्रम, अध्यक्षको राजनीतिक प्रतिवेदन पेस, मिसन ग्रासरुटको प्रतिवेदन पेस लगायतका एजेण्डामाथि छलफल हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्